न्यायालयको अवस्था सुधारोन्मुख छः कामु प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताएका हुन् ।

उनले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फछ्र्योट बढेको बताए । आफू नेतृत्वमा आउँदा मुद्दाको फछ्र्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको उनको भनाइ छ । उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उनले जनाए ।

‘विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासोहरु छन् । धेरै मुद्दाहरु फस्र्योट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौं,’ कार्कीले भने ।

उनले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए । उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने जनाए ।

‘बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर