जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूतबीच छलफल

सशस्त्र प्रहरी बल नेपाल र जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्ष र नेपालका लागि जापानी राजदूतबीच छलफल भएको छ ।

जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भेटवार्ता भएको हो । उक्त भेटमा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुका साथै विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधै सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनहरुबारेमा समेत कुराकानी भएको थियो ।

उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्कासमेत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *