अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबिया र डेपुटी चिफ म्यानुअल पी माइकलर ताजिकस्तानका लागि राजदूत सिफारिस

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई नामिबिया र नियोग उपप्रमुख म्यानुअल पी माइकलरलाई ताजिकस्तानको राजदूत सिफारिस गरिएको छ ।

अमेरिकाका राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उनीहरु दुबैलाई नयाँ जिम्मेबारी दिएसँगै दुबै फिर्ता जाने भएका छन् ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए ।

उनले एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौंको डेपुटी चीफ अफ मिशन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए ।

त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बंगलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू सिफारिस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर