आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दामा, अर्को सुनुवाइ असार १९ मा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटको सुनुवाइ पुनः सरेको छ ।

सोमबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती र अर्का अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका थिए । अर्को सुनुवाइ असार १९ का लागि तोकिएको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी बिश्वराज पोखरेलले गएको बैशाख २२ गते दर्ता गरेको रिट हेर्दाहेर्दैमा छ ।

जुन रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गर्दै छन् । सरकारको तर्फबाट बहस गर्दै महान्यायाधीवक्ता खातीले पोखरेल आईजीपीका दाबेदार हुन्, तर उनी उक्त पदका लागि योग्य होइनन् भन्ने तर्क गरेका छन् ।

निवेदक पोखरेलका कानुन व्यवसायीको बहस असार ६ गते सकिसकेपछि आज सरकारको तर्फबाट आईजीपी नियुक्तिको बचाउमा बहस गर्ने क्रम सुरु भएको हो ।

एआईजी विश्वराज पोखरेलले वरिष्ठताका आधारमा आईजीपी नियुक्ति नगरी कनिष्ठलाई गरिएकाले सरकारको निर्णय रद्द गर्न र आफूलाई आईजीपी नियुक्ति गर्न उत्प्रेषणको आदेश माग गर्दै गएको बैशाख २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर