७४.९३ अंकले बढ्यो नेप्से परिसूचक

शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अंकले वृद्धि भएको छ ।

साताको आइतबार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो । तर बिहीवार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ ।

बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै बिहीवार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन नेप्से १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहको परिसूचक सबैमा हरियाली छाएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सवैभन्दा बढी ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशत, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्स, हाइड्रोपावर, नेपाल पुनर्बिमा कम्पनी, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता वरुण हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य भने घटेको छ । कारोबार रकमका आधारमा ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर