
७७ वटै जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंक


ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।
बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
- ‘राज्यले यातायातलाई सेवा क्षेत्र भनेर घोषणा गर्नुपर्नेमा यो त व्यवसाय हो भनेर त्यत्तिकै छाडिदिएको छ’
- राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयमा राजनीति विभाजित, चुनावी लेखाजोखा शुरु
- केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षा रणनीति र चुनौतीबारे छलफल
- विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त
प्रतिक्रिया