‘आइएमई नेपाल लोकस्टार–२’ को पावर बाई स्पोन्सरमा जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरको का रुपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्धित भएको छ ।

जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौंस्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ, जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिनेछ ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *