प्रहरीकाे पुरानाे भर्ना संख्यामा ७६ असई र ५०३ प्रहरी जवान थपिए

नेपाल प्रहरीले गत वर्ष खुलाएको प्रहरी सहायक निरीक्षक (असई)को भर्नामा छनोट गरिनेको संख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७८ को छनोट प्रक्रियामा ३ सय ६७ मागेकोमा अहिले ७६ जना थप गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको जनाएको हो । २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असई माग गरेको सूचनामा उल्लेख छ ।

यता २०७८ मङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो, यसमा ५ सय ३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २ सय १९ जना महिला छन् ।

 

प्रतिक्रिया

4 thoughts on “प्रहरीकाे पुरानाे भर्ना संख्यामा ७६ असई र ५०३ प्रहरी जवान थपिए

Leave a Reply to Rasita bhujel Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर