एसपीपीमा सहभागी नहुनेबारे अमेरिकारलाई पत्र पठाउन बाँकी : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुनेबारे सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी रहेको जनाएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्र नपठाइसकेको जनाएकी हुन् । ‘यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के–के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

लम्सालले उपयुक्त सयमा सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्ने बताइन् । सरकारले मन्त्रिपरिषदबाट नै एसपीपी सहभागी नहुने भनी अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन आग्रह गरिन् । ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर अब हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर, सबै कुराहरु स्टडि गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं । र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रिपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं । अहिले हामी त्यो तयारी गरिरहेका छौं,’ उनले भनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर