
ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएन : प्रेम सुवाल


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए ।
सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे ।
उनले जिल्लाका प्रहरी अधिकारीले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।
सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न गरे ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया