अपडेट: आईजीपी नियुक्ति बिरुद्धकाे मुद्दाकाे बहस अब शुक्रबार

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तगर्ने सरकारको निर्णय बिरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दर्ता गरेको रिट निवेदन उपर सोमबारकाे बहस शुक्रबारलाई सरेकाे छ ।

प्रतिवादीका वकिल पक्ष सोमबार बहसका लागि तयार नभएपछि आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सोमबार बहस हुन नसकेको हो।

यसअघि २६ असारका लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण सोमबार हुन लागेको थियाे ।

सोमबारको इजलासमा सरकारका तर्फबाट जवाफी बहसले निरन्तरता पाउने छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको निरन्तर सुनवाइ भइरहेको हो ।

यसअघि १९ असारमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका थिए ।

त्यस्तै केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारीले पनि बहस गरेका थिए ।

अघिल्लो इजलासमा १९ वकिलको बहस सकिएको छ। इजलासले २३ गतेभित्र बहस नोट बुझाउन भनेको छ। त्यसपछि २६ गते जवाफी बहसका लागि मिति तोकिएको थियो । अब सोमबार विपक्षीका तर्फबाट बहस सकिएमा निर्णय सुनाउने मितिका लागि इजलासले आदेश गर्न सक्नेछ ।

आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। यो मुद्दामा अन्तरिम आदेश नदिए पनि छिटोभन्दा छिटो टुङ्ग्याउन सर्वोच्चले आदेश दिएको थियो ।

जेठ १७ गते दोस्रोपटक पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ हुन नसकेपछि जेठ ३० गतेलाई अर्को पेशी तोकियो। हाल भइरहेको यो अन्तिम सुनुवाइ हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर