नेपालको विषयमा चीन अमेरिकाबीच फेरि टकराव

नेपालको विषयमा चीन र अमेरिका फेरि एक पटक आमने सामने भएका छन् । पछिल्लो पटक नेपालका लागि अमेरिकाका प्रस्तावित राजदूत डिन थोम्प्सनको अभिव्यक्ति प्रतिवादमा चीन उत्रिएपछि टकराव देखिएको हो ।

बुधबार अमेरिकी सिनेटको सुनुवाईकोको क्रममा थम्प्सनले चीनको दुष्प्रचारका बाबजुद नेपाली संसदबाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता अनुमोदन भएको बताएका थिए ।  काठमाडौंस्थित चिनियाँ दूतावासले उल्टो अमेरिकाले एमसीसीको विषयमा दुष्प्रचार गरेको बताएको छ ।

एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै कामठमाडौंस्थित चिनियाँ दुतावासकी प्रवक्ता गाओ वेईले नेपाली संसदबाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् ।

उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।

बुधबार सुनुवाईको क्रममा थम्प्सनले एमसीसीको बारेमा चिनियाँ दुप्रचार चिर्न सफल भएको बताएका थिए ।  ‘एमसीसी सम्झौता पीआरसी (चीन) को दुष्प्रचार अभियानको सामना गर्दै फेब्रुअरीमा नेपालको संसद्ले ५० करोड डलरलाई अनुमोदन गरेको थियो,’सुनुवाइको क्रममा प्रस्तावित राजदूत थम्प्सनले भनेका थिए ।

नेपालमा एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषय चलिरहँदा चीन र अमेरिकाका वरिष्ठ अधिकारीहरु विवादमा उत्रिएका थिए ।
अमेरिकाले चीनमाथि एमसीसी भाड्न खोजेको आरोप लगाएको थियो । त्यसको प्रतिवादमा चीनले नेपालमाथि धम्कीपूर्ण कुटनीति प्रयोग गरेको भन्दै प्रतिवादमा उत्रिएको थियो ।

नेपालका संसदले एमसीसी पारित गरेको विषयलाई बेइजिङले आफ्नो रणनीतिक असफलताको रुपमा हेर्दै आएको छ । जसको कारण अहिले पनि चिनियाँ अधिकारीहरुले एमसीसी अनुमोदनको विषयमा समय समयमा असन्तुष्टि जनाउने गरेका छन् ।

एमसीसीपछि आएको नेपाली सेना र अमेरिका युटा राज्यको रिजर्भफोर्सबीचको सैन्य सहकार्य स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णयको चीनले स्वागत गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर