सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबरः प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन् ।
बिहिबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताए । उनले सरकारको गैरजिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरे ।

सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदासमेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए । उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यकिा दिनसम्म पनि गैरजिम्मेवार भएर बस्न नमिल्ने बताए । उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गरे ।

सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर