
एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिँदैछः देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त आशंका गरेका व्यक्त गरेका हुन् ।
उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशंका व्यक्त गरे ।
सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरूसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताए । उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णयविपरीत भएको बताए । उनले अविलम्ब एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे ।
सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टा«टेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफालगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए । उनले एसपीपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताए ।
- गठबन्धनले जति प्रयास गरे पनि एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्दैन : ओली
- शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल
- संस्थापक पक्षले टिकट वितरणमा मनपरी गरे त्यसकाे परिणाम गम्भीर हुन्छ : अर्जुननरसिंह केसी
- सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न सक्दैन : गगन थापा
प्रतिक्रिया