युवा वर्गले बदलाको होइन, बदलिने सोच राख्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल ललितकला संघले आयोजना गरेको कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे ।

उनले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाइमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताए । महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभई गौरव भएकाले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए । उनले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधीन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताए ।

महामन्त्री शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छौं, अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको बताए ।

महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभई बदलिने सोच राख्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *