अहिलेका राजनीतिकर्मीहरू जनताबाट धेरै टाढा छन् : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य र भ्रष्टाचार निर्मूल गर्नुपर्ने तथा सुशासनको प्रत्याभूति दिन सक्नुपर्ने बताए ।
उनले अहिलेका राजनीतिकर्मीहरू जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीति गर्नेहरूले जनतासँग जोडिन आवश्यक रहेको बताए । नेता कोइरालाले जनतासँग जोडिन कन्जुस्याइँ गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे ।

नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर