निर्वाहमुखी भएर बस्ने छुट कसैलाई छैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरूलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको पनि दोहोर्‍याए । त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यावहारिक रूपमै पत्रकाररूको साथमा रहने प्रतिबद्धतासमेत जनाए ।

अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्नेगरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारहरूलाई साथ दिएको भन्दै इञ्जाको प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर