सशस्त्रको प्रशासनिक तालिममा सर्वप्रथम भए डीएसपी जगतसिंह डागा

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार गते एक कार्यक्रमका बीच समापन गरेका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्याउने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर