गठबन्धनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन

सत्तारूढ पाँँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते एकै चरणमा हुने तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल निर्माण गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको गठबन्धन दलका एक नेताले जानकारी दिए।

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका उनले जानकारी दिए ।

कार्यदलको बैठक चाँडै बस्ने ती ती नेताले बताए । उनका अनुसार भदौको पहिलो सातााभित्र तालमेलको मोडालिटी टुंग्याइनेछ ।

गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले शुक्रबार नै आम निर्वाचन गठबन्धन दलबीच चुनावी तालमेल गरेर जाने सहमति जुटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *