नेपालमा पहिलोपटक इन्टरपोल परियोजना नेतासम्बन्धी कार्यक्रम सञ्चालन, आईजीपी सिहंले गरे समापन

नेपालमै पहिलोपटक ‘इन्टरपोल परियोजना नेता प्रहरी क्षमता तालिका शीर्ष अभ्यास’ विषयक कार्यक्रम सञ्चालन भएको छ।

काठमाडौंस्थित र्‍याडिसन होटलमा सञ्चालित कार्यक्रमको प्रहरी महानरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले शुक्रबार समापन गरेका छन्। साउन १६ गतेबाट सुरु उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

नर्वेजियन विदेश मन्त्रालयको सहकार्यमा सञ्चालित ३ वर्षे परियोजना नेतासम्बन्धी कार्यक्रममा नेपाल प्रहरीले विभिन्न समयमा भर्चुअल्ली तथा व्यक्तिगत रूपमा भने सहभागिता जनाउँदै आएको थियो। तर, नेपालमै प्रत्यक्ष कार्यक्रम सञ्चालन भएको भने यो पहिलोपटक हो।

उक्त कार्यक्रममा इन्टरपोल प्रहरी क्षमता, डिजिटल फोरेन्सिकको उपयोग, डिजिटल फरेन्सिक उपकरणजस्ता विधामा प्रशिक्षण प्रदान गरिएको थियो।

सो कार्यक्रमबाट सिकेका विषयवस्तुलाई आगामी दिनमा सहभागीहरूले आ–आफ्नो कार्य क्षेत्रमा प्रयोग गरी डिजिटल प्रमाण ह्यान्डलिङ, सूचना साझेदारी तथा अनुसन्धानको विधामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सुरक्षित समाजको लागि प्रहरीहरूको सहकार्यमा थप मद्दत पुग्ने अपेक्षा आईजीपी सिंहले व्यक्त गरे।

नर्वेजियन सरकार, इन्टरपोल परियोजना नेता र नेपाल प्रहरीको सहआयोजनामा एसिया तथा दक्षिणपूर्वी एसियाका नेपालसहित बंगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, माल्दिभ्स, मंगोलिया, श्रीलंका र भियतनामबाट डिजिटल फरेन्सिक, राष्ट्रिय केन्द्र ब्यूरो, अनुसन्धान विधामा काम गर्ने २७ जना प्रहरी अधिकृतहरूसहित इन्टरपोलको परियोजना नेताका विशेषज्ञहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर