
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई आयोगमा दर्ता हुन आह्वान गरेको छ।
आयोगले शुुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ३१ साउनभित्र दल दर्ता गरिसक्न आह्वान गरेको हो।
आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितिका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।
आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधि सभाको छुट्टै र प्रदेश सभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्ने जनाएको छ ।
दल दर्ताका लागि सार्वजनिक बिदाको दिनसमेत कार्यालय खुला रहने आयोगले जनाएको छ।
दल दर्ताका लागि आयोगद्वारा जारी सूचना :
- प्रधानमन्त्रीले भारत भ्रमणमा लुम्बिनी र कपिलवस्तु समेटिएको नक्सा हटाउन कुरा राख्नुपर्छ : ओली
- दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छौं : प्रधानमन्त्री
- सिन्धुलीमा सुतिरहेका दुई बालकको सर्पले डसेर मृत्यु
- गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
प्रतिक्रिया