‘नो हर्न’ प्रभावकारी बनाउन काठमाठौं महानगरपालिका र ट्राफिक प्रहरीले थाल्यो अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।

आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो । ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताए ।

उनले ‘नो हर्न’ अभियान पहिल्यैबाट सञ्चालन गरिए पनि कोरोनालगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए । मेयर साहले सवारी साधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकाले यसलाई प्रभावकारी बनाइन लागेको बताए ।

उनले सवारी चालकहरूले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र ‘नो हर्न’को अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा ‘नो हर्न’ अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।
उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् ।

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा ‘नो हर्न’ अभियान सञ्चालन गरेको थियो । तर, कोरोनालगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर