अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुँदै

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।

महासंघले यही भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरूलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन् ।

उनले मेलालाई व्यावसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रूपमा लिएको बताइन् । अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरू सहभागी हुने बताइन् ।

त्यस्तै छैटौं अन्तरर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्ला स्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरूले उत्पादन गरेका सामग्रीहरू स्टलमा राखिने बताइन् । उनले मेलाले उद्यमी महिलाहरूको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचान पु¥याउने उदेश्य महासंघले लिएको बताइन् ।

ज्ञवालीले मेलामा १०९ स्टलहरू राखिने बताइन् । नेपाली महिला उद्यमीबाहेक भारत पाकिस्तान, बंगलादेशका महिला उद्यमीले उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने बताइन् ।

उक्त मेलामा हस्तकलाका सामानहरूमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, होत कागजका वस्तुहरू, पुष्प सामग्री, जडिबुटी, गरगहना र सजावटका सामानहरू प्रदर्शनीमा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर