हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सडक निर्माणमा अनियमतता गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सबइन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का विभिन्न योजनाहरू आफू अनुकूलका व्यक्तिहरूलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी अख्यितारमा परेको थियो।

अख्तियारले अदानचुली गाउँपालिका वडा नं. १ थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ लौठीदेखि रिल्म हुँदै बिगाठीसम्मको सडक निर्माणमा अनियमितता भएको ठहर गरेको हो।

उनीहरूले बदनियतसाथ सडक निर्माणमा वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाइ, झुट्टा बिल बनाएर २१ लाख ४७ हजार ४ सय ९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी लिई हानी नोक्सानी पुर्‍याएको अख्तिायरको दाबी छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर