
ताइवानसँग तनाव बढ्दै गर्दा चीनद्वारा थप युद्ध अभ्यासको घोषणा

ताइवानलाई घेराबन्दी गरेर युद्ध अभ्यास गरेको चीनले यल्लो र बोहाई समुद्रमा नयाँ युद्ध अभ्यास शुरु गरेको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित भएको बेइजिङले सुरुमा ताइवान द्वीपलाई घेराबन्दी गरेर युद्ध अभ्यास गरेको थियो ।
बिहीबारबाट शुरु भएको युद्ध अभ्यास आइतबार मध्यान्हबाट सकिएको छ । त्यसअघि नै चीनले थप युद्ध अभ्यास शुरु गरेको हो । ताइवानले आफ्नो द्वीपमाथि आक्रमण जस्तो गरि चीनले युद्ध अभ्यासमा गरेको आरोप लगाएको छ । त्यसमा चिनियाँ युद्ध विमानहरुले समुद्रमा रहेका दुवै पक्षबीच रहेको सीमा रेखा नाघेर ताइवानतर्फ घुसपैठ गरेको र ताइवानी वायु क्षेत्रमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो ।
चीनले ताइवान आफ्नो भूभाग भएको भन्दै त्यसलाई आवश्यक परे सैन्य कारवाही गरेर एकीकरण गर्ने जनाउँदै आएको छ ।
ताइवान वरिपरिको ६ वटा क्षेत्रमा चीनले अहिलेसम्मकै ठूलो युद्ध अभ्यास गरेको हो ।
आइतबार चीनका एक वरिष्ठ सैन्य अधिकारीले चीनले ताइवान नजिकै नियमिति रुपमा युद्ध अभ्यास शुरु भएको जनाएको छ ।
नयाँ युद्ध अभ्यास गर्न लागेको यल्लो सी चीन र कोरियाली प्रायद्वीपको बीचमा अवस्था अवस्थित छ। शनिबारबाट शुरु भएको नियमित युद्ध अभ्यास अगस्ट मध्यसम्म चल्ने जनाएको छ ।
त्यसैगरी चीनको पूर्वी तटमा अवस्थित बोहाई समुद्रमा एक महिना लामो युद्ध अभ्यास हुने चीनले जनाएको छ । त्यो अभ्यास पनि शनिबारबाट शुरु भएको छ । अर्को छुट्टै युद्ध अभ्यास बोहाई समुद्रको उत्तर क्षेत्रमा सम्पन्न भएको छ ।
चीनले आयोजना गर्ने सैन्य अभ्यासहरु निमयति रुपमा ताइवानसँग समुद्री सीमा छुट्टाउने रेखा भन्दा पूर्वतर्फ अर्थात ताइवानतर्फ हुने एक वरिष्ठ सैन्य विश्लेषकले चिनियाँ सञ्चार माध्यमहरुलाई बताए लगत्तै नयाँ युद्ध अभ्यासको घोषणा गरिएको हो ।
प्रतिक्रिया