लागुऔषध ओसारपसारमा समातिए सशस्त्र प्रहरी

कैलालीमा डेढ किलो लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत प्रहरी जवान गणेशप्रसाद जोशीलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

बझाङको दुर्गाथली घर भएका जोशी धनगढी उपमहानगरपालिका–२, ट्राफिक चोकबाट सोमबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट एक किलो पाँच सय ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर