गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

सत्तारूढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो ।

कार्यदलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलको अर्को बैठक यही श्रावण २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरूले चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा आ–आफ्ना दलका धारणाहरू प्रस्तुत गरेका थिए ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर