बढुवा भएका उपरथी, सहायक रथी र महासेनानीले पाए दर्ज्यानी चिह्न

प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारको निर्णयले उपरथी, सहायक रथी र महासेनानीमा बढुवा भएका सैनिक अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजित कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न पाउने उपरथीहरूमा सागरबहादुर थापा र निरज पौडेल छन्। पौडेल कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।

यस्तै सहायक रथीमा बढुवा भएका तीन जना र महासेनानीमा बढुवा भएका पाँच जनाले पनि दर्ज्यानी चिह्न पाएका छन्। उनीहरूलाई मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर