कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिड्ने हिम्मत रहेन : प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।

उनले गठबन्धनबिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए । उनले कमजोरले अरूको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामथ्र्य राख्ने बताए ।

सांसद ज्ञवालीले नेपाली कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर