आगामी निर्वाचनपछि सांसदको संख्या संविधानले तोकेभन्दा बढी हुने खतरा छ : खगराज अधिकारी

नेकपा एमालेका सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरू हुने जोखिम रहेको बताएका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदहरूको त्यसपछि समय सकिएपछि मनोनयन नगर्ने सांसदहरूको समय आगामी फागुन २१ गतेसम्म रहने कुरा रहेको बताए । उनले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको बताए ।

उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको लडाइँमा र भूराजनीतिमा नेपालको अस्तित्व रहने कि नरहने भन्ने लडाइँमा विदेशीका लागि कम्फरटेबल हुनेहरू र देशका लागि कम्फरटेबल हुनेहरूबीचको प्रतिस्पर्धा हुने बताए ।

सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिह्न र विचारसँग सहमत हुनेहरूसँग कतिपय ठाउँमा मिलेर जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर