पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य तथा प्रधानमन्त्री/राज्यमन्त्रीकी विशेष सहायक, दिगो विकास लक्ष्यसम्बन्धी संसदीय कार्यदलकी संयोजक रोमिना खुर्सिद आलमबीच भेटवार्ता भएको छ।

इस्लामाबादस्थित  नेपाली दूतावासमा भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सार्क र दिगो विकास लक्ष्य र यसलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ ।

त्यसैगरी उनीहरूबीच नेपाल, लाहोर र गुजरानवालाबीचको ऐतिहासिक सम्बन्धका बारेमा पनि छलफल भएको दूतावासले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *