‘सिन्जु आबे नेपाल आएको भनेर प्रचण्डले जापानमा दिएको अभिव्यक्तिले सिंगो मुलुकको शिर निहुरियो’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिएको टिप्पणी गरेका छन् ।

नेपालमा एक पटक पनि नआएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई–तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शिर निहुर्‍याएको बताएका हुन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारूढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाए । उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

नेता भट्टराईले मूल्य वृद्धिले आहत भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गरे । दैनिक उपभोग्य खाद्यन्नको मूल्य एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उनले आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर