गठबन्धनमा सिट बाँडफाँटको विषय सहमति नजिक : देव गुरुङ

सत्तारूढ गठबन्धको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रूपले सहमतिको नजिक पुगेको बताएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रूपले अगाडि बढेको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए । उनले चालु सदनमा सांसदहरूको सिटको आधारमा सहमति खोज्ने विषयमा कुराकानी भएको बताए ।

नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर