सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

भन्सार छलेर लैजान लागेको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–६ घर भएका ३३ वर्षीय पदम स्याङ्तान छन्।

उनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट अन्दाजी ६० ग्राम तौल बराबरको सुनको बेरुवा औंठी १ थान र ब्रासलेट १ थानसहित बिहीबार बिहान पक्राउ गरेको हो। कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाएर भन्सार छली लैजान लागेको अवस्थामा उक्त सुन फेला परेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर