घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सामा एक पुरुषले परपुरुषसँग अवैध सम्बन्ध रहेको शंकामा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।

वीरगन्ज महानगरपालिका– २३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न दिनेशलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेका दिनेशले श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको बयान दिएको डीएसपी कार्कीले बताए।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका– ६ धोरेनिवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ।

मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *