रुकुमपूर्व जीप दुर्घटना : एक प्रहरी जवानको मृत्यु

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुदाँ घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

शनिबार जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित ६ जना घाइते भएका थिए। पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पुष्टि गरे ।

उनीसहित गाडीमा सवार रहेका ६ जनाको उपचारको लागि हेलिकप्टरमार्फत् नेपालगन्ज लगिएको थियो ।
जसमध्ये दुई जना प्रहरी नायब उपरीक्षक समेत छन् । रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक डाँगी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते भएका छन् ।

घाइतेहरूको नेपालगन्जमा रहेको कोहलपुर मेडिकल कलेजमा तीन जनाको र नर्सिङ अस्पतालमा दुई जनाको उपचार भइरहेको छ।

दुर्घटनामा परी चालक तथा प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । दुई जना डिएसपीको अवस्था भने सामान्य नै छ । प्रहरी जवान इन्द्र घर्ती पनि घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर