भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने सरकारकाे निर्णय

सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने भएको छ । आइतबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाइ भदौको २० देखि २३ सम्म नेपाल आउन परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा  यसअघि नै  प्रस्ताव गरेका थिए । यद्यपि उनको भ्रमण मिति स्वीकृत भने भइसकेको छैन ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको प्रमुखता भनेको उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्ने, द्विपक्षिय सैन्य हीतका विषयमा छलफल गर्ने र उनको उच्च स्तरीय भेटघाट हुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध सौहार्दताका लागि दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २०७८ कात्तिक २४ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिइसकेका छन् ।

यस्तै सेनाध्यक्ष जनरल पाण्डेको नेपाल भ्रमणका क्रममा भारत सरकारले अघि बढाएको अग्निपथ योजनाका विषयमा समेत माथिल्लो तहमा चर्चा हुन सक्नेछ । यो योजनाले कतै भारतीय सेनामा नेपालीहरूको प्रवेशलाई असर गर्ने वा नगर्ने भन्ने विषय प्रमुख रहनेछ । तर, भारतले अग्निपथ योजना अन्तरगत भर्ना भएका अग्निवीरहरूका लागि तोकेको चारवर्षे अवधि, उनीहरूको सेवा सुविधा र त्यसपछिका कार्यक्रम स्पष्ट भएकाले यो विषय चर्चामा रहेपनि प्रमुखता पाउने छैन ।

शर्माले उक्त पदवी लिएको नौ महिना बितिसकेको छ । उनी भारत भ्रमणमा जाँदा भारतका सेनाध्यक्ष मनोज मुकन्द नरवणे थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर