एमाले विपक्षी गठबन्धन निर्माणको गृहकार्यमा

मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विपक्षी दलहरुको गठबन्धन निर्माणका गर्न नेकपा एमालेले गृहकार्य तीव्र पारेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाट र छलफललाई तीव्र पारेका छन् ।
चुनावी तालमेललका लागि शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका एमाले अध्यक्ष ओलीले सोमबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीसँग भेट गरे ।

शुक्रबार अध्यक्ष ओलीले आफ्नै निवासमा राप्रपा अध्यक्ष लिङ्देनसँग एक घण्टा छलफल गरेका थिए । भेटपछि राप्रपाका नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसअघि लिङ्दनेसँग एमाले उपाध्यक्ष सुवास नेम्वाङले छलफल गरेका थिए ।

राप्रपाको सोमबार भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गठबन्धन बारेमा निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई दिएको छ ।झापाबाट प्रतिस्पर्धा गर्ने ओली र लिङ्देनलाई चुनाव जित्नका लागि एक अर्कोको साथ चाहिन्छ । २०७४ सालमा पनि ओली र लिङदेनबीच चुनावी तालमेल भएको थियो ।

त्यसैगरी सोमबार जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीसँग भेट गरेका थिए । बालकोटमा भएको भेटमा चुनावी तालमेलको विषयमा सकारात्मक छलफल भएको त्रिपाठीले बताएका छन् ।

‘अघिल्लो निर्वाचनमा पनि वाम गठबन्धनकै हिस्साका रूपमा सँगै चुनाव लडेका थियौँ, त्यसैले अबको चुनावमा पनि सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भएको छ,’ त्रिपाठीले भने, ‘सहकार्यको प्राविधिक पक्षसहित विस्तृत कुराकानी भने भइसकेको अवस्था होइन।’ राष्ट्रिय जनता पार्टी (राजपा) छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले ०७४ को प्रतिनिधिसभा चुनावमा पनि एमालेको सूर्य चिह्न लिएर चार सिटमा प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए।

राप्रपा, जनता प्रगतिशील पार्टी बाहेक एमालेले पाँच दलीय गठबन्धनभन्दा बाहिर रहेका दलहरुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ । जसका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टीहरु प्रमुख रहेका छन् । लोपसालाई सत्ता गठबन्धनभित्र ल्याउनका लागि नेपाली कांग्रेसले पहल गरिरहेको छ । त्यसका लागि उपेन्द्र यादव सबैभन्दा ठूलो अवरोध हुने छ । स्थानीय तह चुनावमा लोसपा र एमालेबीच केही स्थानमा तालमेल समेत भएको थियो ।

लोसपा नागरिकता विधेयकमा एमालेको भूमिकाप्रति असन्तुष्ट रहँदै आएको छ । लोसपाले एमालेभन्दा पनि कांग्रेससँग सम्बन्धनलाई प्राथमिकता दिँदै आएको छ ।

स्थानीय तह चुनावमा मधेशमा सिके राउतको जनमत पार्टीले उल्लेख सफलता हासिल गर्न नसके पनि एमालेको प्राथमिकता रहेको छ । राउत आफै भने प्रतिनिधि सभा चुनावमा भाग्य अजमानउने कोसिसमा छन् । उनले उपेन्द्र यादवले जितेको सप्तरी २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको कैलाली बाहेक अन्यत्र खासै उपस्थिति देखिदैन । एमालेका गत आमनिर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सो गठबन्धनले करिब केन्द्रमा करिब दुई तिहाई स्थान र सात प्रदेश मध्ये ६ वटा प्रदेशमा सरकार निर्माण गरेको थियो । अहिले तेस्रो ठूलो राजनीतिक दल माओवादी केन्द्र अहिले सत्तारुढ गठबन्धनमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर