अर्थसचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार शपथ खुवाएका हुन् ।

पुष्करलाई २६ साउनको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा नियुुक्त गरेको थियो । यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि पुष्कर अर्थसचिव नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *