नागरिकता विधेयकमाथि संसद्मा छलफल सुरु

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसद्को बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएसँगै छलफल सुरु भएको हो । विधेयक आजै पारित हुँदैछ ।

३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोे विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।
संसद्का दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर, राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर