गोकुल बाँस्कोटाको चुनौती- राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयककाे पत्र च्यातेर देखाउनुस्

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसद्को ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरूबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले हतारहतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए ।

उनले सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताए । सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर दिने कुरो नरहेको बताए ।

उनले संविधानबमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए । उनले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदहरूलाई चुनौती दिए ।

सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभई सत्तापक्षले नै फेरिरहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर