नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका कुरा महत्त्वपूर्ण छन् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको लैंगिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैंगिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रपतिले केही महत्त्वपूर्ण विषय उठाएर संसद्मा पुनः पठाएको स्वीकार गरे । उनले अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताए ।

उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरू नै अधिकारबाट बञ्चित रहने पनि बताए ।सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए ।

उनले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नु नराम्रो नभएको बताए । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर विधेयक पास हुनुपर्ने उनले बताए ।

सांसद थापाले संविधानले नछोएको बारेमा संसद्मा चर्चा भइरहेको बताए । उनले संविधान संशोधन गरेर भए पनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर