माओवादीको पदाधिकारी छनोट हुँदै, महासचिवमा देव गुरुङको संभावना

पदाधिकारी छनोटका लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको नाम प्रस्ताव गर्ने तयारी छ ।
स्रोतहरुको अनुसारा अध्यक्षपछि बढी कार्यकारी अधिकार रहेको महासचिवमा देव गुरुङ वा हरिबोल गजुरेल मध्ये एक जनाको नाम प्रस्ताव गर्ने प्रचण्डको तयारी छ ।
गुरुङ प्रचण्ड,नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरापछि चौथो वरियतामा रहेका नेता हुन् ।
पूर्व कोषाध्यक्ष गजुरेलले प्रचण्डको विश्वासपत्र हुन् । वर्षमान पुन र जनार्दन शर्मा दुवैले महासचिवमा दावी नछाडेपछि प्रचण्डले तेस्रो विकल्प रोजेका हुन् ।
चुनावको मुखमा पदाधिकारी चयन निर्वाचनबाट नभै सहमतिबाट गर्न चाहेको स्रोत जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाउने निर्णय असारमै भएपनि बाँकी पदाधिकारीहरुको रिक्त रहेको थियो ।
उपाध्यक्षहरुमा दीनानाथ शर्मा र गणेश साह बनाउने तयारी रहेको छ। त्यसैगरी महासचिवमा नबनाइए गजुरेल उपाध्यक्षमा प्रस्ताव हुने छ ।
त्यसैगरी पम्फा भुसाललाई पनि उपाध्यक्षको जिम्मेवारी तयारी रहेको छ । भुसालले महासचिव दावी गर्दै आएकी थिइन् ।
गिरिराजमणि पोखरेललाई उपाध्यक्ष वा उप महासचिव मध्ये एउटा पदमा प्रस्ताव गर्ने तयारी छ ।
सचिवमा मातृका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, लिलामणि पोखरेल र चक्रपाणी खनाल बलदेव बनाउने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर