हाँस्य कलाकार राजू श्रीवास्तवको अवस्था गम्भीर, पत्नीले भनिन्- ‘अफवाह नफैल्याइदिनू’

भारत प्रसिद्ध हास्य कलाकार राजू श्रीवास्तवकी पत्नि शिखा श्रीवास्तवले पतिको स्वास्थ्य अवस्था स्थीर रहेको र चिकित्सकहरुले उपचारमा कोसिस गरिरहेको बताएकी छिन् ।  शिखाले आफ्नो पति फाइटर भएको भन्दै उनी ठिक हुने बताइन् ।
‘उनको स्वास्थ्य अवस्था स्थिर छ । चिकित्सकहरुले राम्रोसँग उपचार गरेका छन् । राजूजी एक फाइटर हुन् र उनी हामीसँग फर्किने छन् । हामीलाई तपाईँहरुको शुभकामना र प्रार्थना आवश्यक छ ‘ पीटीआईसँग शिखाले भनिन् ।
राजूलाई अगस्ट १० मा हृदयघात भएको थियो । त्यसपछि दिल्लीस्थित एम्स अस्पतालको आईसियुमा उपचार भैरहेको छ ।
शिखाले राजूको अवस्थाको बारेमा अफवाह नफैल्याउन पनि आग्रह गरेकी छिन् । ‘यसले हाम्रो मनोबललाई प्रभावित गर्छ’ शिखाले भनिन्, ‘मेरो विनम्र अनुरोध छ अफवाह नफैल्याउनु होस । त्यसले हाम्रो मनोभावनालाई प्रभावित गर्छ । हामीलाई नकारात्मक उर्जा चाहिएको छैन ।’
समाचार एन्जेसी एएनआईले राजू श्रीवास्तवको स्वास्थ्य अवस्थामा सामान्य सुधार पनि नदेखिएको र उनी अझै बेहोस अवस्थामा रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर