सीट बाँडफाँटमा कांग्रेस र माओवादीको फरक अडान, विद्रोह हुनसक्ने चेतावनी

सत्तारुढ गठबन्धनभित्र प्रतिनिधि सभा तथा प्रदेश सभाको सीट बाँडफाँटमा मापदण्ड निर्माणको विषयमा दुई धार देखिएको छ ।
नेकपा माओवादी केन्द्र २०७४ सालमा एमालेले जितेको स्थान बाँडफाँट हुनुपर्ने पक्षमा रहेको छ । माओवादी केन्द्रको यो प्रस्तावमा सहित गठबन्धनका दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहमत देखिएका छन् । २०७४ सालपछि गठन भएको एकीकृत समाजवादीको विषयमा भने फरक मापदण्ड आपनाउने बताइएको छ।
तर गठबन्धनको प्रमुख दल काँग्रेस भने २०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनसँग पराजित भएका नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण हुने जनाएको छ । त्यसरी जाँदा कांग्रेसभित्र विद्रोह हुनसक्ने बताएका छन् । गत महिना काठमाडौंमा भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले गठबन्धन आवश्यक भए पनि आफ्नो क्षेत्र अन्यत्र पारे विद्रोह गर्ने चेतावनी दिएका थिए । २०७४ सालको आमनिर्वाचनमा बस्नेत एमालेसँग गठबन्धन गरेको माओवादीका अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेले ८० स्थानमा जीत हासिल गरेको थियो ।
२०७४ सालको चुनावमा कांग्रेसका २ दर्जन प्रभावशाली नेताहरु पारजित भएका थिए । कांग्रेसले २०७४ र २०७९ साल दुवैको मत आधारमा सीटको बाँडफाँटको मापदण्ड बनाउनु पर्ने धारणा रहेको छ ।
गत चुनावमा शेखर कोइराला,रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, रमेश लेखक, मोहन बस्नेत, वीरबहादुर बलायर, आरजु देउवा,एनपी साउद, गोपालमान श्रेष्ठ, रामशरण महत, अर्जुननरसिंह केसी, दीपकुमार उपाध्याय, डिना उपाध्यायसहितका छन् ।
मापदण्डको प्रमुख आधार बनाउन कार्यदल असफल भएपछि यो विषयमा शीर्ष नेतृत्व तहमै फर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहीबार मात्रै यस विषयमा छलफल भएको थियो ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सहजिकरणको भूमिका निर्वाह गरेका थिए । बैठकमा कार्यदलका सदस्य रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।
देउवा र दाहालसँगको बैठकपछि सिटौला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट उनकै निवास कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर