फेरि उत्तरी नाकाहरु ठप्प, दसैंको मुखमा चीनको ‘अघोषित नाकाबन्दी’

कोभिड १९ को कारण देखाउँदै उत्तरी नाकाहरुमा कडाई गर्दै चीनले नेपालमाथि ‘अघोषित नाकाबन्दी’ पुन: शुरु गरेको गरेको छ । चिनियाँ पक्षको अवरोधको कारण  दुई सातादेखि रसुवागढी र तातोपानी नाकाबाट हुने निर्यात रोकेको छ । जसले दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङ र तातोपानीमै रोकिएका छन्।
तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले दुई सातादेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो। नाका बन्द हुँदा दसैं, तिहार र जाडोका लागि आयात गरिएका लुगाकपडा, जुत्ताचप्पललगायतका सामान रोकिएको व्यापारीहरुले बताएका छन् । उनीहरुका अनुसार केरुङमा रोकिएका चिनियाँ ५० कन्टेनरमा दसैंतिहारका लागि सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो, उतै थन्किएका छन्, नाका खुल्ने भन्ने निश्चित नहुँदा अन्योल भएको छ। चिनियाँ एक सय कन्टेनर सामान केरुङका गोदाममा थन्किएका छन् ।
अहिले दसैंतिहारका लागि चीनको ईयू, गोन्जाओलगायत सहरबाट धमाधम सामान आयात भइरहेको छ । राजधानीलगायत मुलुकका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ । केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ । नाका बन्द भएको आइतबार १५ दिन पुगेको छ।

तिब्बतमा लकडाउन भएका कारण केरुङसम्म आइसकेको सामान डाइभर्ट गरेर ल्याउदा प्रमुख चाड सकिने व्यवसायी बताउँछन्। केरुङबाट एक सातामा काठमाडौं आइपुग्ने सामान डाइभर्ट गरेर ल्याउन दुई महिना लाग्ने व्यापारीहरुले बताए । दसैं सुरु हुन पाँच साता मात्र बाँकी छ। दसैं तिहार व्यापारको प्रमुख सिजन हो । दसैंअघि बजारमा सामान ल्याउन नसके व्याजतिर्न अफ्ठ्यारो पर्ने बताउन्  । रसुवागढी नाकाबाट चीनतर्फ निर्यात भने ३० महिनादेखि ठप्प छ र मानिसको आवतजावत पनि बन्द छ ।
पछिल्लो समयमा चीनले आयात रोक्ने विषयमा कुनै औपचारिक जानकारी नगराएको भन्सारका अधिकारीहरुले बताएका छन् ।
रसुवागढी नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने विषयमा भएको सहमति कार्यान्वयन नहुँदै फेरि नाका बन्द भएको छ।
गत असार ३० मा सम्पन्न नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा कोरोना भाइरस मापदण्डलाई पालना गर्दै रसुवागढी नाकाबाट आयात बढाउने तथा निर्यात गर्ने सहमति भएको थियो। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो। ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ। सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो। पछि कोरोना भाइरस देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो।
यसअघि पनि साढे पाँच महिना कोरोना महामारीका कारण नाका ठप्प रह्यो। खासामा अवस्था उस्तै छ । कोरोनाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाकाबाट हुने आयात बन्द हुँदा नेपाल ल्याउने सामान बोकेका डेढ सयभन्दा बढी कन्टेनर चीनको सिगात्से, न्यालम, खासा र ल्हासामै रोकिएका छन्।
दसैं लक्षित लत्ताकपडा, जुत्ता–चप्पल जस्ता सामग्री बोकेका डेढ सयभन्दा बढी कन्टेनर खासा, न्यालम र ल्हासामै अलपत्र परेको हो । दसैं नजिकिँदै गर्दा चाडपर्व लक्षित व्यापारिक सामग्री उतै थन्किएपछि व्यापारी अन्योलमा छन्।
खासा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनरमा रहेका स्याउ, लसुन र नासपातीजस्ता फलफूल कुहिएको व्यापारीहरुले बताएका छन् । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालम जस्ता बोर्डर एरियामा निषेधाज्ञा छ, दिनहुँ पीसीआर चेक गरेपछि मात्रै अरू गतिविधि खुला गर्ने चिनियाँ नीति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर