चुनावअघि नै पार्टी एकताकाे तयारीमा प्रचण्ड र माधव नेपाल, एकता संयोजन समिति बनाउने सहमति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ।

सोमबार उनीहरूबीच भएको छलफलमा दुवै पार्टीलाई एकीकृत बनाएर लैजाने विषयमा एकता संयोजन समिति बनाउने सहमति जुटेको छ।

सोमबार बिहान हात्तीवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो।

दुई पार्टीको एकता निर्वाचनअघि नै गर्ने कि पछि भन्नेमा छलफल केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले बताए। त्यस्तै, माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छ।

गौतम नेकपा ब्युताउने वा समाजवादी केन्द्र बनाउने कुरामा सहमत भएको र भट्टराईको हकमा केही शर्त उनले राखेको विषयमा दुई नेताहरुका बीचमा छलफल भएको ती नेताले बताए।

दुई नेताहरुका बिचमा निर्वाचनअघि एकता संयोजन समिति बनाउने र त्यसमार्फत् वार्ता अघि बढाउने सहमति भएको ती नेताले बताए। छिट्टै गौतम र भट्टराईसँग छलफल गरेर दुवै पार्टीका नेताहरु रहने समिति बन्ने ती नेताले बताए।

यसैगरी, मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई पार्टीले साझा घोषणापत्र बनाएर जाने दुई नेताबीच सहमति भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर