भारत अमेरिकाबीच हुने युद्ध अभ्यासप्रति चीनको आपत्ति

चीनले भारत अमेरिकाबीच हुन लागेको युद्ध अभ्यासको विरोध गरेको छ ।  चीनको रक्षा मन्त्रालयले उत्तराखण्ड राज्यमा भारत र अमेरिकाले संंयुक्त रुपमा आयोजना गर्न लागेको युद्ध अभ्यासले भारत चीनबीचको सीमा सम्झौता उल्लंघन हुने जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले भारत चीन सीमा विवादमा तेस्रो पक्षको भूमिकाको सशक्त रुपमा विरोध गर्ने र भारतले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नजिकै युद्ध अभ्यासमा नगर्ने सम्झौता स्वीकार गर्ने जनाएको छ । भारतले भने पूर्वी लद्दाखमा हुने गतिविधिले सो सम्झौता उल्लंघन भएको आरोप लगाउदै आएको छ ।

चिनियाँ रक्षा मन्त्रालयमा प्रवक्ता वरिष्ठ कर्णेल तान केफेईले बिहीबार आयोजित पत्रकार सम्मेनलमा अमेरिका र भारतको विशेष फौजले आगामी महिना सीमा नजिकै गर्ने युद्ध अभ्यासको विरोध गर्ने बताए । ‘हामी चीन र भारत सीमाको विषयमा तेस्रो पक्षको हस्ताक्षेपको सशक्त विरोध गर्दछौं’ तानले  पत्रकार सम्मेलनमा भने ।

भारतले कुनै पनि देशसँग युद्ध अभ्यास तेस्रो देश नभै क्षेत्रीय शान्ति र स्थायीत्वका लागि गर्ने गरेको बताएको छ । तानले चीन भारतबीचको सीमा विवाद दुई देशबीचको मामिला भएको र दुवै पक्ष सबै तहमा प्रभावकारी सञ्चार कायम राखेको र सीमा सम्बन्धी परिस्थितिलाई द्वीपक्षीय संवादको माध्यमबाट समाधान गर्ने प्रतिवद्ध रहेको बताएका छन् ।

भारत र चीनले सन् १९९३ र १९९६ मा हस्ताक्षर गरेको सम्झौताले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)नजिकै युद्ध अभ्यास गर्ने अनुमति नदिने तानले बताए ।

‘भारतीय पक्षले नेताहरुबीच भएको महत्वपूर्ण सहमति र सम्झौतालाई भारतीय पक्षले दृढतापूर्वक स्वीकार्छ भन्ने आशा छ र द्वीपक्षीय संयन्त्रमार्फत नै सीमा विवाद समाधान गर्ने प्रतिवद्धतामा अडिन्छ र व्यवहारिक कार्यको आधारमा सीमा क्षेत्रमा शान्ति तथा अमन कायम गर्छ भन्ने आशा लिएका छौं,’ चिनियाँ अधिकारीले भने ।

चिनियाँ रक्षा मन्त्रालयले १९९३ र १९९६ सम्झौताको कुरा गरेपनि चीन वास्तविक नियन्त्रण रेखा नजिकै चिनियाँ जनमुक्ति सेनाले सन् २०२० मेमा हजारौको संख्यामा सेना तैनाथ गरेपछि सुरु भएको विवाद अहिले पनि जारी छ ।

भारतले जनमुक्ति सेनाको यस्तो कार्यले द्वीपक्षीय सम्झौता उल्लंघन भएको जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर