गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

शनिबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसरहरू छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।’

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चासो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे ।

‘कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरू घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्टान्तहरू देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,’ उनले भने ।

गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्त्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरे ।
‘हामीले जुन सीप वा प्रविधि सिकीरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाऔंं । संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाऔं । यसले मुलुकको काचुली फेर्न सघाउ पु¥याउँछ । सम्मृद्धि हासिल गर्न सघाउँछ,’ उनले भने ।
गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफुहरू तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *