गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दैछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा शुक्रबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि सुर्खेत पुगेका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताएका हुन् ।

गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनलेभ भने, ‘यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा सन्तुलित तालमेल गरिन्छ । तर, नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।’

कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए ।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर